शिल्पाको कमब्याक फिल्म ‘हंगामा २’ को ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ : साउथ तथा बलिउडका सफल निर्देशक प्रियदर्शन निर्देशित फिल्म ‘हंगामा २’ को ट्रेलर रिलिज भएको छ । फिल्मलाई डिज्नी प्लस हटस्टारको ओटिटी प्लेटफर्मबाट २३ जुलाईमा रिलिज गरिदैछ । डिज्नी प्लस हटस्टारबाट २३ जुलाईमा रिलिज हुने फिल्ममा परेश रावल, शिल्पा सेट्टी, मीजान जाफरी, जोनी लिवर, राजपाल यादव, प्रणिता सुभाषलगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मबाट अभिनेत्री शिल्पा सेट्टी पनि कमब्याक गर्दैछिन। सन् २००७ को फिल्म ‘अपने’पछि शिल्पा १४ वर्षको अन्तरालमा मुख्य भूमिकामा देखिन लागेकी छिन । सन् २००३ मा रिलिज भएको फिल्म ‘हंगामा’ बक्सअफिसमा सफल ठहरिएको थियो । १८ बर्ष पश्चात निर्देशक प्रियदर्शनले ‘हंगामा २ ‘ लिएर आउदैछन । फिल्ममा कमेडीको भरपुर डोज रहेको ट्रेलर हेर्दा थाहा हुन्छ ।

२००३ मा रिलिज भएको ‘ हंगामा ‘ मलयालम फिल्म ‘पूचाक्कोरु मूकुथी ‘को हिन्दि रिमेक थियो भने ‘हंगामा २ ‘ पनि मलयालम फिल्म ‘मिन्नारम’को रिमेक रहेको छ ।

ट्रेलर हेर्नुस :

प्रतिक्रिया दिनुहोस्