अलविदा दिलिप कुमार



रंगखबर, काठमाडौँ: बलिउडमा ट्रेजेडी किङ्गको उपाधि पाएका दिग्गज अभिनेता दिलिप कुमारको आज बुधबार बिहान ७:३० बजे ९८ बर्षको उमेरमा निधन भएको छ । दिलिप कुमार लामो समयदेखि बिरामी परि रहेका थिए ।

सन् १९४४ मा फिल्म ‘ज्वार भाटा’बाट भारतीय चलचित्र उद्योगमा आफ्नो करियरको थालनी गरेका युशुफ खान अर्थात् दिलिप कुमारले भारतीय फिल्म उद्योगलाई आफ्नो अभिनयका कारण शिखरमा पुर्याएका थिए ।

सन् १९४७ मा रिलिज भएको फिल्म ‘जुगनू’ को रिलिज पश्चात दिलिप कुमारले कहिले पनि फर्केर हेर्नु परेन,यस्तैगरी दिलिप कुमारले ‘शहीद, अन्दाज, दाग, दिदार, मधुमति, देवदास, मुसाफिर, नयाँ दौर, आन, आजाद’ जस्ता सुपरहिट फिल्महरु बलिउडलाई दिएका छन् ।

आजको दिनलाई बलिउडमा कालो दिनको रुपमा लीइएको छ । एउटा अध्यायको समाप्तिका रुपमा बलिउडका सबै कलाकारहरुले आ-आफ्नो तर्फबाट श्रधांजलि अर्पण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्