शिल्पा र प्रकाशको पहिलो सहकार्य ‘डाँडाघरे साइँली’ सार्वजनिक



रंगखबर, काठमाडौँ: गायक स्वरुपराज आचार्य र चर्चित लोक गायिका लक्ष्मी मल्लको आवाज रहेको गीत ‘डाँडाघरे साइँली’ को भिडियो सार्वजनिक  भएको छ। सोहि गीत मार्फत गायक स्वरुपराज आचार्यले पहिलो पटक लोक दोहोरीमा आफ्नो आवाज दिएका छन। गीत अहिले ट्रेण्डिङ्गमा छ। कृष्ण के सीको मिठो शब्द अनि श्रीकृष्ण बम मल्लको राम्रो भाका रहेको संगीतको एरेन्ज कृष्ण बि.कले गरेका छन् । ‘डाँडाघरे साइँली’ गीतको भिडियोमा कलाकारहरु शिल्पा पोखरेल,प्रकाश सपुत,करिश्मा ढकाल,श्रीकृष्ण बम मल्ल तथा सहयोगीहरु रहेका छन । नायिका शिल्पा पोखरेल र गायक/मोडेल प्रकाश सपुतको यो पहिलो सहकार्य सुहाएको भिडियो बाट थाहा हुन्छ।

गीतमा कलाकरुलाई राम्रो देखाउन शृंगार बिमल तामांगले गरेकी छिन भने कोरियोग्राफी गरेर कलाकार नाचाउने काम मौसम हिमालीले गरेका छन् । गीतको छायांकन नबराज उप्रेतीको रहेको छ। सम्पादन डिन्सन साहले गरेका छन् । गीतमा क्रियटिभ निर्देशक बिशाल घिमिरे रहेका छन् र गीतको भिडियो निर्देशन देवेन्द्र बब्लुले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्