अजय देवगन स्टारर ‘भुज: द प्राइड अफ इन्डिया’ को ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ: अजय देवगन फिल्मस्, टिसिरिज र सेलेक्ट मिडियाले सन् १९७१ मा पकिस्तानले भारतको गुजरातको भुजमा गरेको हमलामा आधारित कथामा बानाईएको फिल्म ‘भुजः द प्राइड अफ इन्डिया’को ट्रेलर सार्वजनिक गरिएको छ ।

डिज्नी प्लस हटस्टारको ओटिटी प्लेटर्फम मार्फत रिलिज गरिने फिल्मलाई अभिषेक दुधियाले निर्देशन गरेका छन् । फिल्म ‘भुजः द प्राइड अफ इन्डिया’ को ट्रेलर हेर्दा आशाजनक देखिएको छ । फिल्ममा अजय देवगनको मुख्य भूमिका रहेको छ र फिल्ममा अजय संगै संजय दत्त, सोनाक्षी सिन्हा, नोरा फतेही, एमी भिरिक, शरद केलकर, प्रनिथा सुवास र इहाना ढिल्लोनको अभिनय रहेको छ । फिल्मलाई अगस्ट १३ अर्थात स्वतन्त्रता दिवसको अवसरमा रिलिज गरिदैछ ।

प्रतिक्रिया दिनुहोस्