२० वर्षपछि नयाँ स्वरुपमा ‘तिम्रो मन बद्लिएछ’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायक यसकुमारले आफ्नो २० वर्ष अगाडीको लोकप्रिय गीत ‘तिम्रो मन बद्लिएछ’को रिमेक सार्वजनिक गरेका छन् ।

राजधानीमा आयोजित एक प्रेसमिटमा स्याड गीतको नयाँ भर्सन सार्वजनिक गरेका हुन् । यसकुमार कै शब्द तथा संगीतमा तयार गीतमा यससँगै मिलन नेवारले स्वर दिएका छन् ।

गीतको ओर्जिनल भर्सनमा भने यस र सपनाश्रीको आवाज थियो ।

भुपेन्द्र बज्राचार्यको एरेञ्ज रहेको गीतको रिमेकमा देबेश राई एरेञ्ज छ ।

निकेश खड्काले निर्देशन गरेको रिमेकको भिडियोमा सागर लम्साल, प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन् ।

बुद्ध थापाले खिचेको म्युजिक भिडियोमा बिकाश धमलाको सम्पादन छ । यो गीतलाई कलाकार सागर लम्सालले आफ्नै युट्युब च्यानल ‘बले इन्टरटेनमेन्ट’बाट सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्