सिद्धार्थको ‘शेरशाह’ ओटीटी मै रिलिज हुँदै



रंगखबर, काठमाडौँ – सिद्धार्थ मलहोत्रा र कियरा आडवाणी अभिनित फिल्म ‘शेरशाह’को रिलिज डेट फाइनल गरिएको छ ।

शिर्ष भूमिका निर्वाह गरेका अभिनेता मलहोत्राले सामाजिक संजालमा फिल्मको भिडियो क्लिप शेयर गर्दै रिलिजको बारेमा जानकारी दिएका हुन् ।

‘हिरोले आफ्नो कथाको माध्यमद्वारा जितेका छन् । हामि तपाईको कारगिल युद्धका हिरो क्याप्टेन विक्रम बन्नाको कहानी ल्याउँदा गौरव महसुस गरेका छौँ । यो फिल्म मेरो लागि एक लामो यात्रा रह्यो र यो भूमिका निर्वाह गर्न पाउँदा गर्व महसुस गरिरहेको छु ।’ मलहोत्राले आशावादी हुँदै लेखेका छन् ।

१२ अगस्तमा अमेजन प्राइममा रिलिज हुने यस फिल्ममा सिद्धार्थले कारगिल युद्धका क्याप्टेन विक्रम बन्नाको भूमिका निर्वाह गरेका छन् । उनलाई दोहोरो भूमिकामा देख्न सकिनेछ ।

विष्णुवर्धनले निर्देशन गरेको फिल्ममा सिद्धार्थ र कियरासँगै शिव पण्डित, पवन चोपडा, निकितीन धीर, राज अर्जुनलगायतका कलाकारको अभिनय छ ।

सिद्धार्थ यो फिल्मबाट निक्कै नै आशावादी छन् । २०१६ को ‘कपूर एण्ड सन्स’ यता उनका लगातार ६ फिल्म बक्सअफिसमा सफल भएका छैनन् ।

हुनत ‘शेरशाह’ २ जुलाईबाट हलमा रिलिज हुने कुरा थियो । तर, कोरोना महामारीका कारण हल खुल्न ढिलाई हुँदा यो फिल्म ओटीटिमा रिलिज हुन् लागेको हो ।

प्रतिक्रिया दिनुहोस्