पोर्न फिल्म बनाउने र बेच्ने गरेको आरोपमा शिल्पा सेट्टीका श्रीमान पक्राउ



रंगखबर, काठमाडौँ – अश्लिल फिल्म बनाउने र बेच्ने गरेको आरोपमा अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा पक्राउ परेका छन् ।

व्यवसायी कुन्द्रालाई मुम्बई क्राइम ब्रान्चले सोमबार मध्यरातमा पक्राउ गरेको हो । सोमबार राति ९ बजे मुम्बईको भायखलास्थित क्राइम ब्रान्च पुगेका कुन्द्रालाई २ घण्टा सोधपुछ गरिएको थियो । सोधपुछपछि क्राइम ब्रान्चका अधिकारीहरुले कुन्द्रालाई पक्राउ गरेका हुन् ।

मुम्बई प्रहरीले राज कुन्द्राको विरुद्ध आफुसँग पर्याप्त प्रमाण रहेको बताएको छ । मंगलबार बिहानको मेडिकल टेस्टपछि उनलाई मुम्बई कमिस्नर प्रहरीको अफिसमा पुर्याइएको छ । स्रोतका अनुसार प्रहरीले उनलाई मंगलबारै अदालतमा हाजिर गराउनेछ ।

कसरी पक्राउ परे कुन्द्रा ?

मुम्बई प्रहरी कमिस्नरका अनुसार क्राइम ब्रान्चले २०२१ फेब्रुअरीमा अश्लिल फिल्म बनाउने र त्यसलाई अलग-अलग ओटीटी प्लेटफर्ममा बेच्ने विरुद्ध केस दर्ता गरेको थियो ।

त्यसपछी प्रहरीले अलग-अलग स्थानमा छापा मारेको थियो । यसबीचमा प्रहरीले चार जना आरोपीलाई पक्राउ गरेको थियो । तिनै आरोपीको बयान र टेक्निकल प्रमाणको आधारमा कुन्द्रालाई पक्राउ गरिएको हो ।

मुम्बई क्राइम ब्रान्चले आरोप लगाएको छ, ‘हटशर्ट’ नामको एउटा एप बनाइएको छ । त्यहाँ अश्लिल फिल्महरु अपलोड गरिन्छ । प्रहरीका अनुसार उक्त एपका मालिक राज कुन्द्रा हुन् । तर, बयानमा राजले आफ्नो त्यस्तो कुनै एपसँग संलग्नता नरहेको दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्