‘ओ माई गड’को सिक्वेलमा अक्षय यथावत, परेशको ठाउँमा पंकज



रंगखबर, काठमाडौँ – सन् २०१२ मा रिलिज भएको व्यंग्यात्मक कमेडी ड्रामा ‘ओ माई गड’को ९ वर्षपछि सिक्वेल बन्दैछ । 

आगामी महिनाबाट छायांकनमा जाने यस फिल्मको कास्टिङ पनि पुरा भइसकेको छ । ‘ओ माई गड २’मा अघिल्लो शृंखलाका मुख्य कलाकार परेश रावल हुने छैनन् । उनको ठाउँ पंकज त्रिपाठीले लिएका छन् ।

यस्तै केमियो भूमिकामा देखिएका अक्षय कुमार भने सिक्वेलमा पनि रहनेछन । आफ्नो अत्याधिक व्यस्त सेड्युलका वावजुत अक्षयले यो फिल्मका लागि १५ दिनको समय निकाल्ने छन् । 

‘ओ माई गड’मा जस्तै सिक्वेलमा पनि अक्षयले भगवानको भूमिका निर्वाह गर्नेछन् । स्रोतका अनुसार अक्षय पहिला ‘बेल बटम’को बाँकी छायांकनको लागि इंग्ल्याण्ड जानेछन । त्यहाँबाट फर्किएपछि उनले ‘ओ माई गड’लाई समय दिनेछन ।

यस्तै फिल्ममा यामी गौतमको पनि मुख्य भूमिका रहनेछ । भने, अमित रायले सिक्वेलको निर्देशन गर्नेछन् । ‘ओ माई गड’को निर्देशन उमेश शुक्लाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्