सरकारले १० फिल्ममा सह-लगानी गर्ने, स्टोरी बैंकमा कथा पेस गर्न आव्हान



चलचित्र बिकास बोर्डले स्थापना गरेको स्टोरी बैंकमा फिल्मको कथा र पटकथा पेस गर्न सरकारले सुचना निकालेको छ ।

सरकारले आर्थिक वर्ष ०७८-०७९ का लागि दश फिल्मको कोटा निर्धारण गरेको हो । स्टोरी बैंकमा पेस गरिएका कथा र पटकथा मध्येबाट उत्कृष्ट छनोट गरेर ५ फिचर र ५ लघु फिल्ममा बिकास बोर्डले सह-लगानी गर्नेछ ।

सुचना निक्लिएको मितिदेखि ६० दिन भित्र इच्छुक मेकरले कथा र पटकथा पेस गरिसक्नु पर्नेछ ।

अघिल्लो आर्थिक वर्षमा स्टोरी बैंकमा प्राप्त कथाबाट ३ फिचर र ३ लघु फिल्म छनोट गरिएको थियो । यसपटक भने कार्यविधि संशोधन गर्दै बोर्डले साउनदेखि लागु हुने गरि फिल्मको संख्या वृद्धि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्