नाजिर र मुकुनको ‘लभ सर्कल’ फस्टलुक सार्वजनिक



रंगखबर, काठमाडौँ – नाजिर हुसेन, मुकुन भुषाललगायतका कलाकारहरुको अभिनय रहेको फिल्म ‘लभ सर्कल’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

कमेडी, सस्पेन्स र थ्रिलर मिक्स फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । चलचित्रमा नाजिर र मुकुनसँगै पवित्रा आचार्य, रबिन्द्र झा, रिस्ता बस्नेत र सुमन कोइरालालगायतका कलाकारहरुको अभिनय छ ।

कोरोना महामारीका कारण हल नखुलेकाले यो फिल्मलाई टेलिभिजन र अनलाइनमा रिलिज गरिनेछ ।

ओम प्रकाश अग्रवाल र रोशन पौडेलले निर्माण गरेको फिल्म साउन २९ गतेदेखि डिसहोम सिनेमा घर च्यानल नम्बर ५५५ बाट प्रदर्शन हुने निर्माण पक्षले जानकारी गराएको छ ।

महामारीले ठप्प बनाएको फिल्म क्षेत्रलाई चलायमान बनाउन यो फिल्म निर्माण गरिएको निर्देशक निरौलाले बताए ।

अभिमन्यु निरवीले लेखेको फिल्ममा अंकित बाबु अधिकारीको संगीत, दिव्य सुवेदीको छायांकन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्