‘बेल बटम’मा लाराको लूक्सको चर्चा, इन्दिरा गान्धीको अवतारमा यसरी रुपान्तरण भइन



रंगखबर, काठमाडौँ – कोरोना महामारीको दोस्रो लहर बीच अभिनेता अक्षय कुमारको फिल्म ‘बेल बटम’ रिलिजको लागि तयार भैसकेको छ ।

१९ अगस्तदेखि भारतका हलहरुमा प्रदर्शन हुने यस फिल्मको ट्रेलर पनि सार्वजनिक गरिएको छ । ट्रेलरलाई दर्शकले राम्रो रेस्पोन्स दिइरहेका छन् । तर, ट्रेलरबाट सबैभन्दा चर्चाको विषय बनेको छ, ‘अभिनेत्री लारा दत्त’को मेकअप ।’

‘बेल बटम’मा लाराले भारतीय पुर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छन् । ट्रेलरमा लारालाई राम्रो स्पेस दिइएको छ । तर, ट्रेलर हेरिरहँदा उनलाई ठम्याउन गाह्रो पर्छ ।

इन्दिराको रुपमा लाराको उत्कृष्ट रुपान्तरणले यसका मेकअपम्यान विक्रम गायकवाड़लाई पनि चर्चामा ल्याइदिएको छ । विक्रमले यो मकअपका लागि पाँचौं पटक राष्ट्रिय अवार्ड जित्न सक्ने दर्शकले अनुमान गरेका छन् ।

मेकअपलाई लिएर विक्रम भन्छन, ‘सुरुमा निर्माण टिमले इन्दिरा गान्धीको मेकअपका लागि अफर गर्यो । त्यो पनि लाराको लागि । यदि लारा र इन्दिराको अनुहारको तुलना गरियो भने समानता खोज्न निक्कै मुस्किल पर्छ । विशेष गरि हामीले इन्दिराको हेयर स्टाइल, नाक, फेसकट र आइब्रोमा निक्कै मिहेनत गर्नु पर्यो ।’

विक्रम अगाडी भन्छन, ‘एउटा आइकोनिक व्यक्तित्वको मेकअप लारालाई गर्न निक्कै चुनौती थियो । तर, लाराको समर्पण र मिहेनतले यो सफल भएको छ । लाराको रुपान्तरणपछि फिल्मको टिम र अक्षय कुमारले पनि उहाँलाई चिन्न सक्नु भएको थिएन ।’

इन्दिराको रुपान्तरणपछि लारा आफैले पनि आफुलाई विश्वास गर्न नसकेको बताएकी छन् । 

रञ्‍जित एम तिवारीले निर्देशन गरेको ‘बेल बटम’मा अक्षय र लारासँगै वाणी कपूर, हुमा कुरेसी, डेन्जिल स्मिथ, आदील हुसेनलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्