‘लभ सर्कल’को सस्पेन्स ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – डिजिटल प्लेटफर्ममा रिलिज गरिने फिल्म ‘लभ सर्कल’को ट्रेलर सार्वजनिक भएको छ । 

सस्पेन्स थ्रिलर जनराको फिल्मको ट्रेलरमा रोमान्स, सस्पेन्स, प्रेम, धोकालाई प्रस्तुत गरिएको छ । बसन्त निरौलाले निर्देशन गरेको फिल्ममा नाजिर हुसेन, मुकुन भुषाल, रिस्ता बस्नेत, पवित्रा आचार्य, रविन्द्र झा, सुमन कोइरालालगायतका कलाकारहरुको अभिनय छ ।

साउन २९ गतेदेखि डिसहोमको च्यानल नम्बर ५५५ मा प्रदर्शन हुने फिल्मको लेखन अभिमन्यु निरवीले गरेका हुन् ।

फिल्ममा अंकित बाबुको संगीत, दिव्य सुवेदीको छायांकन, पवित्रा आचार्यको कोरियोग्राफी र शाहील खान/मिलन श्रेष्ठ सम्पादन छ ।

मि टिभीको प्रस्तुति रहेको फिल्मका निर्माता ओमप्रकाश अग्रवाल, रोशन पौडेल हुन् । 

प्रतिक्रिया दिनुहोस्