करिश्माको तीज गीतमा सम्झनादेखि तेञ्जुसम्म ~ भिडियो ~



रंगखबर, काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धरले नयाँ तीज गीत ‘आउन संगी हो गाउँन मिलेर’ सार्वजनिक गरेकी छन् । 

यो गीत करिश्माले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् । गीतमा करिश्मासँगै सम्झना बुढाथोकी, क्षितिजा शाक्य, तेञ्जु योञ्जन, सुप्रिया योञ्जन र बसु तामाङ फिचर्ड  छन् ।

मौलिक तीज शब्द गोविन्द राईले कोरेका हुन् । भने, गीतमा साज सिंहको संगीत रहेको छ । मेलिना राईको स्वर सजित गीतमा रुपम सिंह गुरुङको एरेञ्ज छ ।

गोविन्द राईको कोरियोग्राफी र निर्देशनमा तयार म्युजिक भिडियोमा मदन कश्यप घिमिरेको छायांकन, जमिन गहतराजको रंग संयोजन र नहकुल खड्काको सम्पादन छ ।

यो गीत र म्युजिकलाई केबी फिल्मसले निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्