वर्षा र सलोनको ‘सम्झेर एक्लै’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायक एसडी योगी र गायिका मेलिना मैनालीको स्वर सजित गीत ‘सम्झेर एक्लै’ सार्वजनिक भएको छ ।

एसडी योगीकै संगीत रहेको गीतमा राम अविरल विष्टको शब्द र रिकेश गुरुङ किजको एरेञ्ज छ ।

गीतको भिडियोमा अभिनेता अभिनेत्री वर्षा राउत र अभिनेता सलोन बस्नेतले अभिनय गरेका छन् ।

मागी विवाहको कन्सेप्ट र इन्गेजमेन्टपछि जोडीको मौलाउने प्रेमलाई भिडियोमा समेटिएको छ । गीतको भिडियो निर्देशन तथा कन्सेप्ट विवेक रसाइलीको हो ।

भिडियोमा रिजन थापाको मुख्य सहायक निर्देशन, आभाष उप्रेतीको सहायक निर्देशन, उज्जवल जोशीको रंग, भुपेन्द्र अधिकारीको सम्पादन र नवराज उप्रेतीको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्