ब्लकबस्टर निर्देशक दीपाश्री निरौला: बक्सअफिस क्विन



रंगखबर, काठमाडौँ – ब्लकबस्टर निर्देशक दीपाश्री निरौलाले सोमबारबाट ४७ औँ बसन्तमा पाइला चालेकी छन् । रेडियो नाटकमा हास्य कलाकारको रुपमा करिअर सुरु गरेकी दीपाश्री नेपाली चलचित्र इतिहास कै सर्वाधिक सफल निर्देशक मध्येको एक हुन् ।

उनै निर्देशकको नाममा निर्देशकीय डेब्यु पछिको सफल ह्याट्रिकदेखि १० करोड क्लबका सर्वाधिक सिनेमा, सर्वाधिक कमाई गर्ने सिनेमाका रेकर्डहरु दर्ता भएका छन् । उनि इतिहास कै सर्वाधिक सफल महिला निर्देशक पनि हुन् ।

यो दशकमा उनि पुरुष/महिला निर्देशकको रेसमा सर्वाधिक सफल बनिन् । 

एक दर्जन नेपाली फिल्ममा अभिनय गरेपछि दीपाश्री निर्माणमा होमिइन । हास्यकलाकारहरुको समुहले निर्माण गरेको फिल्म ‘छ एकान छ’ सुपरहिट भए यता दीपाश्री टेलिसिरियलको दुनियाँमा फर्किएकी छैनन् । टेलीसिरियल ‘तितो सत्य’को एक दशक बढी लामो यात्राले दीपाश्रीलाई दर्शक माँझ लोकप्रिय बनाइसकेको थियो ।

दीपाश्रीको करिअर उकास्नमा सबैभन्दा ठुलो साथ कलाकार दीपकराज गिरीको छ । मनोरंजन क्षेत्रमा संघर्ष गर्दादेखि नै दीपा र दीपकको सहकार्य सुरु भएको थियो । रेडियो कार्यक्रम ‘राम विलास धनियाँ’, टेलीसिरियल ‘तितो सत्य’, र फिल्म ‘छ एकान छ’देखि ‘छ माया छपक्कै’सम्म आउँदा दीपक-दीपाको सहकार्य झनै झाँगिएको छ ।

जन्मदिनमा दीपालाई शुभकामना व्यक्त गर्दै दीपक लेख्छन, ‘उनि संसार कै सबैभन्दा जाति छिन । मेरो एउटा साथि छिन । जो सबैभन्दा माथि छिन ।’

‘मुन्द्रेको कमेडी क्लब’ सिजन १ को अध्यक्षसमेत रहेकी दीपाश्रीले ‘छक्का पन्जा’बाट निर्देशन यात्रा थालनी गरेकी थिइन् । त्यसयता यो सिरिजका बाँकी दुई शृंखला पनि निर्देशन गरिन । 

दीपाले निर्देशन, अभिनय र निर्माण गरेका पछिल्ला ७ फिल्म बक्सअफिसमा सुपरहिट छन् । 

सोमबार परेको गाईजात्राले दीपाको जन्मदिनलाई अझ विशेष बनाइदिएको छ । हास्यकलाकारहरुको लागि वर्षेनी मनाइने गाइजात्रा विशेष रहने गर्छ ।

प्रतिक्रिया दिनुहोस्