करिश्मा र कविताले सुरु गरे व्यवसाय



रंगखबर, काठमाडौँ – अभिनेत्री करिश्मा मानन्धर र छोरी कविता मानन्धरले व्यवसाय सुरु गरेका छन् । करिश्मा म्यानेजिङ डाइरेक्टर र कविता एक्जुक्युटीभ डाइरेक्टर रहेको कम्पनि रिसिक ट्रेडिङ कन्सर्न प्रालिले इन्टेक्सको ब्राण्ड नेपाल भित्र्याएको हो ।

‘रिसिक ट्रेडिङ कन्सर्न’, अन्तरराष्ट्रिय रुपमा ख्याति कमाइसकेको इन्टेक्स ब्राण्डको नेपालको आधिकारिक बिक्रेता रहनेछ ।

२५ वर्ष अगाडीदेखि यस ब्राण्डका समानहरु विश्व बजारमा आएपनि नेपालमा भने होम अप्लायन्स र स्मल होम अप्लायन्सका समानहरु आधिकारिक रुपमा करिश्मा र कविताले पहिलो पटक नेपाल भित्र्याएका हुन् ।

इन्टेक्सबारे करिश्मा भन्छिन, ‘घरायसी रुपमा प्रयोग हुने इलेक्ट्रोनिक्सका सामान खरिद गर्दा उपभोक्ताले अबदेखि इन्टेक्सलाई नै रोज्नु हुनेछ भन्नेमा विश्वस्त छु । हामीले अलनेपाल नै इन्टेक्सका सामानहरु उपलब्ध गराउने छौँ ।’

यस्तै रिसिककी एक्जुक्युटीभ डाइरेक्टर कविताले आगामी दिनमा सहुलियत रुपमा इन्टेक्सका सामानहरु उपलब्ध गराइने बताइन । ‘नेपालमा इन्टेक्स भित्रिसकेको छ । यो सस्तो र भरपर्दो पनि छ । आगामी दिनमा हामि उपभोक्ताहरुको लागि राम्रो राम्रो स्किम पनि ल्याउने छौँ ।’

इन्टेक्स ब्राण्डमा एक वर्षदेखि १० वर्षसम्मको वारेन्टी रहेको यसका अन्तरराष्ट्रिय व्यापार प्रमुख विश्वास अग्रवालले बताए । ‘८ वर्ष अगाडी नेपालमा इन्टेक्सको मोबाइल लन्च भएको थियो । त्यसपश्चात २०१५ मा नेपाल र भारतमा यो नम्बर १ ब्राण्डको रुपमा स्थापित भएको थियो । त्यसैले यो ब्राण्डको गुणस्तरमा प्रश्न उठाउने ठाउँ छैन ।’ अग्रवालले भने । 

प्रतिक्रिया दिनुहोस्