गोविन्दको ‘परम्पा परम्पा’ रिलिज ~ भिडियो ~



रंगखबर, काठमाडौँ – नृत्य निर्देशक गोविन्द राईको निर्देशनमा तयार म्युजिक भिडियो ‘परम्पा परम्पा’ सार्वजनिक भएको छ ।

रोमान्टिक गीतको भिडियोमा शुभ आचार्य, मोनिका कर्माचार्य, मोनिशा कर्माचार्य र विकास अधिकारी फिचर्ड छन् ।

चन्द्र सिर्मलको शब्द, संगीत र स्वर रहेको गीतमा प्रशन्न परियारको एरेञ्ज छ । 

दिपेन बस्नेतको छायांकन र सम्पादन रहेको म्युजिक भिडियोमा कृष लिम्बुको कोरियोग्राफी र अशोक रोक्काको मेकअप छ ।

निर्देशक गोविन्द राई नेपाली चलचित्रको गीत कोरियोग्राफीको लागि चर्चित नाम हो । तर, पछिल्लो समय चलचित्रको काम रोकिदा उनि म्युजिक भिडियोमा व्यस्त बनिरहेका छन् ।

‘परम्पा परम्पा’ गीत गोविन्दले आफ्नै युट्युब च्यानल ‘गोविन्द राई इन्टरटेनमेन्ट’बाट सार्वजनिक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्