प्यामको ‘मायाको भुल’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – परमिता राज्यलक्ष्मी राणा ‘प्याम’ अभिनेत्री मात्र होइनन् । उनि अब गायकीमा पनि केन्द्रित हुन् थालेकी छन् ।

लकडाउनको समयमा फिल्मका कामहरु रोकिदा परमिताले आफूलाई गायन तिर केन्द्रित गरेकी हुन् । यसै बीच लकडाउनमा तयार पारिएको गीत ‘मायाको भुल’ प्यामले सार्वजनिक गरेकी छन् ।

अंग्रेजी र नेपाली शब्दको संयोजन रहेको गीतमा प्यामले सुरिलो स्वर दिएकी छन् । धोका दिएको प्रेमीसँग लिइएको बदलालाई ‘मायाको भुल’मा प्रस्तुत गरिएको छ ।

गीतमा पिरू राना र प्यामको शब्द रचना छ । 

जेम्स लामाको निर्देशन सम्पादन र भिएफएक्स रहेको म्युजिक भिडियोमा प्यामसँगै करुणा श्रेष्ठ र आशिष केसीले अभिनय गरेका छन् ।

यो म्युजिक भिडियोलाई जेम्स लामा, राजन पुरी र अनिश गैरेले खिचेका हुन् । यो म्युजिक भिडियोलाई प्यामले आफ्नै युट्युब च्यानल ‘परमिता राणा’बाट सार्वजनिक गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्