हिन्दि गीतमा स्मिताको आवाज, भारतीय मोडलसँग रोमान्स ~ भिडियो ~



रंगखबर, काठमाडौँ – नेपाली संगीत क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउदै गरेकी गायिका स्मिता दाहालले हिन्दि भाषाको गीत गाएकी छन् ।

‘इबादद बन गए हो’ बोलको गीतमा स्मिताले आवाज दिएकी हुन् । भने, उनलाई शबाब साबरीले गायनमा साथ दिएका छन् ।

यो गीतको भिडियोमा समेत स्मिता नै देखिएकी छन् । उनले भारतीय टेलिभिजन स्टार तथा मोडल अर्जुन विज्लानीसँग जोडी बाँधेकी छन् ।

केआर वाहिको शब्द रचना रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन् ।

राजीव एस रुइयाले निर्देशन गरेको भिडियोमा जावेद अह्तस्मको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्