झुसेली जुँगामा सलोन, पुरानो गेटअपमा रुबिना



रंगखबर, काठमाडौँ – निर्देशक सोभित बस्नेतको छायांकनरत फिल्म ‘डाँडाको वरपीपल’बाट केहि तस्विरहरु बाहिरिएका छन् ।

निर्माण पक्षले अभिनेता सलोन बस्नेत र अभिनेत्री रुबिना थापाको केहि थान रोमान्टिक तस्विरहरु सार्वजनिक गरेको हो । तस्विरमा सलोन र रुबिनालाई भिन्न गेटअप देख्न सकिन्छ ।

‘झुसेली जुँगा ओठ माथिको’ बोलको गीतका तस्विरमा सलोन जुँगाको साथ प्रस्तुत भएका छन् । भने, रुबिनालाई पुरानो गेटअपमा सजिएकी छन् ।

यो फिल्मको यतिबेला चित्लाङमा छायांकन भैरहेको छ । भदौ ७ देखि छायांकन सुरु भएको फिल्मलाई काठमाडौँमा पनि खिचिनेछ ।

रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, रश्मि भट्ट, हिउँवाला गौतमलगायतका कलाकारहरुको अभिनय छ ।

सुशान्त प्रजापतिले खिचिरहेको फिल्ममा शिव मुखिया/एलिश कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राई/रामजी लामिछानेको कोरियोग्राफी, नवराज गिरीको गीत र मित्रदेव गुरुङको सम्पादन रहनेछ ।

बुढासुब्बा ओर्जिनलको प्रस्तुतिमा नवराज गिरीले निर्माण गरिरहेको फिल्मलाई आगामी दशैँमा ओटीटी र हलमा रिलिज गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्