सुप्रिया कटुवालसँग सुदर्शनले साटे औँठी



रंगखबर, काठमाडौँ – निर्देशक तथा अभिनेता सुदर्शन थापा इन्गेजमेन्ट गरेका छन् । उनले समाचार वाचिका एवं मोडल सुप्रिया कटुवालसँग सोमबार इन्गेजमेन्ट गरेका हुन् ।

सोमबार नै निर्देशक थापाको जन्मदिन पनि हो । उनले जन्मदिनलाई विशेष बनाउदै जीवनको विशेष पाइला अगाडी बढाएका हुन् ।

सुदर्शनले काठमाडौँको पाँचतारे होटलमा सुप्रियासँग औँठी साटासाट गरेका हुन् । उनले समारोहमा नजिकका आफन्तजनहरुलाई मात्र निम्ता गरेका थिए ।

थापाको इन्गेजमेन्टमा नेपाली चलचित्र क्षेत्रबाट अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवाल पनि उपस्थित भएका थिए ।

सुदर्शन र सुप्रियाको विवाह भने असोज २२ गतेलाई जुरेको छ ।

वि.सं. २०६६ सालमा ‘मेरो एउटा साथि छ’बाट निर्देशकीय यात्रा थालनी गरेका सुदर्शनले थुप्रै लोकप्रिय फिल्म दिएका छन् ।

उनले निर्देशन गरेको ‘प्रेम गीत’ निक्कै लोकप्रिय बनेको थियो । यस्तै ‘के यो माया हो’, ‘मेरो लभस्टोरी’, ‘धन्दा’, ‘मधुमास’, ‘चंखे शंखे पंखे’, ‘म यस्तो गीत गाउँछु’, ‘रामकहानी’, ‘सम्हालिन्छ कहिले मन’ र ‘म यस्तो गीत गाउँछु २’ सुदर्शन निर्देशित फिल्म हुन् ।

सुदर्शनले ‘अझै पनि’ र ‘चंखे शंखे पंखे’मा अभिनयसमेत गरेका छन् । तर, अभिनेताको रुपमा भने सुदर्शन सफल भएनन् ।

उता सुप्रियाले भने एक मात्र फिल्म ‘साढे ७’मा अभिनय गरेकी छन् । भने, केहि म्युजिक भिडियोमा फिचर्ड छिन ।

प्रतिक्रिया दिनुहोस्