नयाँ वर्षको छेकोमा अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’



रंगखबर, काठमाडौँ – यदि कोरोनाको दोस्रो लहर नआउँदो हो त, यतिबेला फिल्म ‘ए मेरो हजुर ४’ले हलमा प्रदर्शन आरम्भ गरिसक्ने थियो ।

बिहिबार तीजको विदा, शुक्रबारको आधा विदा र शनिबारको पुरा विदा खानलाई निर्माण पक्षले एक साता अगाडी अर्थात भदौ १८ लाई रिलिज डेट तोकेको थियो । तर, कोरोना भिलेन बन्दा ‘ए मेरो हजुर ४’ पुर्वनिर्धारित मितिमा रिलिज हुन् पाएन ।

अब भने यो फिल्म यसै वर्षको चैत २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । कोरोना संक्रमणको घट्दो दरलाई हेरेर सरकारले काठमाडौँ उपत्यकाका हल ५० प्रतिशत अकुपेन्सीमा खोल्न दिएपछि रिलिज रोकिएका फिल्मलाई नयाँ प्रदर्शन मितिको चाँजोपाँजो मिलाउन थालेका छन् ।

अनमोल केसी र सुहाना थापा स्टारर फिल्मले आगामी नयाँ वर्षलाई प्राथमिकता दिएर रिलिज घोषणा गरेको हो । 

झरना थापा निर्देशित प्रेमकथानक फिल्मको यतिबेला पोस्ट प्रोडक्सनको काम चलिरहेको छ । 

‘ए मेरो हजुर’का अघिल्ला तीन सिरिज बक्सअफिसमा सुपरहिट बनेका थिए । सुनिलकुमार थापाले निर्माण गरेको यो फिल्मले पनि बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्