अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहे’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – स्वर्गीय गायिका अरुणा लामाको सम्झनामा ‘हाँसी हाँसी जलिरहे’ बोलको गीत सार्वजनिक गरिएको छ । 

बिहिबार परेको अरुणा लामाको ७६ औँ जन्मजयन्तिको अवसरमा यमु शर्मा क्रिएशनले यो गीत सार्वजनिक गरेको हो ।

गीतमा कविता श्रेष्ठको स्वर, नरेन्द्रराज प्रसाईको शब्द र कुन्दनराज सुब्बाको संगीत छ । गीतले श्रीमानबाट पिडित बनेकी श्रीमतीको कथा भन्छ ।

गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र आयुष क्षेत्री (प्रिन्स)ले अभिनय गरेका छन् ।

यमु क्रिएशनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायांकन, श्रीकृष्ण श्रेष्ठको मोसन ग्राफिक्स, यमु शर्माको कथा, आयुष क्षेत्रीको निर्देशन र किरण गिरीको सम्पादन छ । 

प्रतिक्रिया दिनुहोस्