क्रिशलले ल्याए ‘ओढेर घूँघट’पछिको ‘यी आँखाका नानी’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायक क्रिशल कँडेलको स्वरमा दुई वर्ष अगाडी ‘ओढेर घूँघट’ बोलको गीत रिलिज भएको थियो । अर्जुन पोखरेलको संगीत रहेको गीतले राम्रो चर्चा पनि बटुलेको थियो ।

उक्त गीतको भिडियोमा क्रिशलसँगै बालकलाकार सेड्रिना शर्माले अभिनय गरेका थिए । दीपक आचार्यको निर्देशनमा तयार भिडियोमा सडक बालबालिकाको प्रेम देखाइएको थियो ।

उक्त गीत रिलिजको दुई वर्षपछि निर्देशक आचार्यले बाँकी कथामा नयाँ म्युजिक भिडियो तयार पारेका छन् । 

क्रिशलसँगै अहिले चर्चामा रहेकी गायिका मेलिना मैनालीले गाएको ‘यी आँखाका नानी’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको भिडियोमा क्रिशल र मेलिनाले नै अभिनय गरेका छन् ।

अर्जुन पोखरेलकै संगीत रहेको गीतमा दीपक आचार्यको शब्द रचना छ । यो गीतको भिडियोमा तेञ्जु योञ्जनले कोरियोग्राफी गरेकी छन् । ‘ओढेर घूँघट’मा पनि तेञ्जुले नै कोरियोग्राफी गरेकी थिइन् ।

बुद्ध थापाले खिचेको म्युजिक भिडियोमा चन्दन दत्तको सम्पादन छ । सुष्मा गुरागाईंले यो म्युजिक भिडियो निर्माण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्