फेरी महाशिवरात्रीमा पुग्यो ‘लप्पन छप्पन २’



रंगखबर, काठमाडौँ – यसअघि पटक-पटक रिलिज डेट स्थगित गरेको फिल्म ‘लप्पन छप्पन २’ले नयाँ रिलिज छनोट गरेको छ ।

निर्देशक मुकुन्द भट्टले फिल्मको नयाँ रिलिज डेट घोषणा गरेका हुन् । अब यो फिल्म फागुन १३ मा रिलिज हुनेछ ।

यदि नयाँ मितिमा रिलिज भएको खण्डमा फिल्मले दोस्रो सातामा महाशिवरात्रीको विदा खान पाउनेछ । महाशिवरात्रीलाई नेपाली चलचित्रको लागि राम्रो डेट मानिन्छ ।

शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, सरोज खनाल, स्वर्गीय दीपक क्षेत्रीलगायतका कलाकारहरुले अभिनय गरेको यो फिल्मको थुप्रै पटक रिलिज डेट परिवर्तन भएको थियो ।

छायांकनमा जाँदा नै ‘लप्पन छप्पन २’ले फागुन ९ को महाशिवरात्रीलाई रिलिज तोकेको थियो । तर, कारणबस फिल्म रिलिज हुन सकेन ।

त्यसपछि कोरोना कहरका बीच बैशाख १२ को रिलिज स्थगित भएको थियो । पहिलो लहरको समाप्तिसँगै निर्माण पक्षले चैत २७ मा रिलिजको तोकेको थियो । दोस्रो लहरको आगमनसँगै फिल्मको रिलिज पुन: रोकियो ।

अन्तत: काठमाडौँ उपत्यकामा सरकारले हल खोल्न अनुमति दिएपछि निर्माण पक्षले नयाँ रिलिज डेट पाएको हो ।

प्रतिक्रिया दिनुहोस्