कंगनाको ‘थलाइवी’लाई कमजोर ओपनिङ



रंगखबर, काठमाडौँ – कंगना रनाउतको शिर्ष भूमिका रहेको फिल्म ‘थलाइवी’ले भारतीय बक्सअफिसमा कमजोर व्यापारको सुरुवात गरेको छ ।

आशा गरिएको यो फिल्मलाई समिक्षकहरुबाट उत्कृष्ट रेटिङ मिलेको थियो । तर, फिल्मले रेटिङलाई बक्सअफिस नम्बरमा बदल्न सकेन ।

‘थलाइवी’ले हिन्दि भाषामा जम्मा २५ लाखको ओपनिङ गर्यो । त्यस्तै दक्षिण भारतका अन्य चार भाषामा गरेर ८० लाखको कलेक्सन गर्दा फिल्मले पहिलो दिन अलइण्डिया १ करोड २५ लाख व्यापार गरेको छ ।

फिल्मको कमजोर व्यापारमा कोरोना कहरसँगै अर्को एउटा मुख्य कारण रह्यो । भारतका ठुला मल्टीप्लेक्स चेन पिभिआर, इनोक्स, सिनेपोलिसहरुले उत्तर भारतमा यसको हिन्दि भर्सन रिलिज गरेनन् ।

यो कलेक्सन कंगनाको करिअरको कमजोर ओपनिङ हो । आगामी दिनमा फिल्मको ‘वर्ड अफ माउथ’ले फिल्मको कलेक्सनमा कस्तो असर पार्छ । त्यो हेर्न बाँकी छ ।

एएल विजय निर्देशित फिल्म तामिल नाडुकी स्वर्गीय मुख्यमन्त्री जयाराम जयललिताको जीवनीमा आधारित छ । 

हलमा रिलिज भएको दुई सातापछि ‘थलाइवी’ ओटिटीमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्