‘जयललिता’पछि कंगनाको हातमा शक्तिशाली भूमिका, अब बन्नेछिन सीता



रंगखबर, काठमाडौँ – पद्मश्री र चार पटक राष्ट्रिय अवार्ड जितिसकेकी अभिनेत्री कंगना रनाउत यतिबेला फिल्म ‘थलाइवी’मा निर्वाह गरेको जयललिताको भूमिकाले चर्चामा छिन ।

‘थलाइवी’बाट चौतर्फी तारिफ बटुलेकी कंगनाले अब आफ्नो करिअर कै सर्वाधिक शक्तिशाली भूमिका निर्वाह गर्ने भएकी छन् ।

अलौकिक देसाईले निर्देशन गर्ने आगामी फिल्म ‘सीता – द इनकार्नेशन’मा कंगना फाइनल भएकी हुन् । उनले फिल्ममा सिता माताको भूमिका निर्वाह गर्नेछिन ।

यो फिल्मका लागि यसअघि अभिनेत्री दीपिका पादुकोण र आलिया भट्टको नाम अगाडी आएको थियो । तर, कंगनाले बाजी मारिन ।

केवी विजेयन्द्र प्रसादले यस फिल्मको लेखन गरेका हुन् । केवीले नै कंगनाको ‘थलाइवी’ लेखेका थिए । केवी ‘बाहुबली’ सिरिजको समेत लेखक हुन् ।

‘थलाइवी’पछि कंगनाको यो फिल्म पाँच भाषामा निर्माण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्