कक्षा १२ को परिक्षामा सहभागी भइन करिश्मा (फोटो/भिडियो)



रंगखबर, काठमाडौँ – बुधबारबाट सुरु भएको कक्षा १२ को वार्षिक परिक्षामा लोकप्रिय अभिनेत्री करिश्मा मानन्धर पनि सहभागी भएकी छन् ।

देशभरका करिब ३ लाख ७४ हजार विद्यार्थीसँगै करिश्माले पनि पहिलो विषयको प्रश्नहरु हल गरिन् ।

कलेज ड्रेसमा सुरक्षाको मापदण्ड अपनाएकी करिश्माले गोदावरीस्थित किटिनी माविको होमसेन्टरबाट परिक्षा दिएकी हुन् ।

करिश्मा दुई वर्ष अगाडीको ‘एसईई’ परिक्षामा ‘बि प्लस’ ग्रेड ल्याएर पास भएकी थिइन् । त्यसपछि उनले मानविकी संकाय लिएर प्लस-टुको अध्ययन सुरु गरेकी थिइन् ।

परिक्षामा सहभागी हुँदै गर्दा करिश्माले काम व्यस्तताका कारण आफुले राम्रो तयारी गर्न नपाएको गुनासो पोखिन ।

‘यस पटक अलि व्यस्त भए । इन्टेक्सको व्यापार भर्खरै सुरु गरेको छु । यसै साता मुन्द्रेको कमेडी क्लबको छायांकन पनि भएकाले पढाई त्यति समय दिन सकेन । तैपनि परिक्षा राम्रै हुन्छ भन्ने आशा छ ।’

करिश्माले आगामी ८ गतेसम्मलाई आफुले कुनै पनि कार्यक्रम नराखेको बताइन । यो बीचको समय उनले पूर्णत पढाईमा केन्द्रित गर्नेछिन । साथै, परिक्षा दिइरहेका सम्पूर्ण विद्यार्थीहरुलाई पनि शुभकामना दिइन ।

तस्विर: प्रकाश ढकाल

प्रतिक्रिया दिनुहोस्