‘सक्किगोनी’ अब जिग्री र पाँडेको युट्युब च्यानलबाट सार्वजनिक हुने



रंगखबर, काठमाडौँ – सर्वाधिक लोकप्रिय हास्य टेलिसिरियल ‘सक्किगोनी’ युट्युब प्रशारण च्यानल परिवर्तन भएको छ ।

युट्युब च्यानल ओएसआर डिजिटलबाट प्रशारण भैरहेको ‘सक्किगोनी’ अब जेपीटी (जिग्री पाँडे टिम) क्रिएसनबाट सार्वजनिक हुनेछ ।

ओएसआर डिजिटलसँगको प्रशारण सम्झौता सकिएकाले नयाँ च्यानलबाट टेलिसिरियल प्रशारण गर्न लागेको निर्माण पक्षले बताएको छ ।

अब ‘सक्किगोनी’ बिहिबार राति ८ बजे हिमालयन टेलिभिजन र ९ बजे जेपीटी क्रिएसनबाट दर्शकले हेर्न पाउनेछन ।

लोकप्रिय टेलिसिरियल आफ्नै आधिकारिक च्यानलबाट आउनु पर्ने दर्शकको मागलाई मध्येनजर गर्दै जेपीटीबाट ल्याउन लागेको कलाकार तथा निर्देशक कुमार कट्टेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्