अन्तत: आमा बनिन प्रियंका



रंगखबर, काठमाडौँ – अन्तत: प्रियंका कार्की आमा बनेकी छन् । उनले छोरीलाई जन्म दिएकी हुन् । आफु गर्भवती भएपछि प्रियंका निक्कै खुसि थिइन् ।

उनि आफु गर्भवती हुँदा सामाजिक संजालमा निक्कै सक्रिय भएकी थिइन् । प्रियंकाले आफ्नो पेग्नेंसी समयलाई दर्शक माँझ प्रस्तुत गरेका कारण दर्शक तथा शुभचिन्तकहरु उनको सन्तानको प्रतिक्षामा थिए ।

श्रीमान आयुषमान देशराज जोशी र छोरीसँगको तस्विर फेसबुकमा पोस्ट गर्दै प्रियंका लेख्छिन, ‘हाम्रो सानी परी । यो संसारमा स्वागत छ । हाम्रो प्यारो मटरलाई हाम्रो जीवनमा स्वागत छ ।’ प्रियंकाले आफ्नो छोरीको नाम आयंका कार्की जोशी राखिदिएकी छन् ।

प्रियंका र आयुषमानले वि.सं २०७६ साल फागुण १६ गते विवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्