इन्दिराले सार्वजनिक गरिन प्रेमी



रंगखबर, काठमाडौँ – गायिका इन्दिरा जोशीले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । उनले सामाजिक संजालमा प्रेमी शरद केडियाले औँठी लगाइदिएको तस्विर पोस्ट गर्दै आफु विवाहको लागि पनि तयार भएको खुलासा गरेकी हुन् ।

खुम्बु हिमनदी परिसरमा प्रेमी शरदले इन्द्रिरालाई औँठी लगाई दिदै भने, ‘के तिमि मसँग विहे गर्छेउ ?’ इन्दिराले पनि आफुले ‘हुन्छ विहे गर्छु’ भनेको संवादमा फोटोको क्याप्सनमा लेखेकी छन् ।

क्याप्सनमा इन्दिराले शरदलाई आफ्नो तारा पनि भनेकी छन् ।

इन्दिरा र शरद एक फेसन शोको लागि खुम्बु हिमनदी क्षेत्रमा पुगेका थिए । केहि समय अगाडी इन्दिराले आफु प्रेममा रहेको बताएपनि आफ्नो प्रेमी भने सार्वजनिक गरेकी थिइनन् ।

शरदले इन्दिरालाई औँठी लगाइदिदै गरेको एउटा टिकटक भिडियो सामाजिक संजालमा भाइरल भैरहेको छ । कतिले शरदको फिल्मी शैलीको प्रेम प्रस्ताव भनेका छन् । 

गायन रियालिटी शो ‘नेपाली तारा’की प्रतिस्पर्धी इन्दिराले थुप्रै हिट गीत दिएकी छन् । पार्श्वगायनमा आफुलाई स्थापित गरेकी इन्दिराले ‘नेपाल आइडल’को तेस्रो सिजनसम्म जजको भूमिका निर्वाह गरेकी थिइन् ।

यस्तै अर्को गायन रियालिटी शो ‘सारेगमप लिल च्याम्प’मा पनि इन्दिराले जजको भूमिका निर्वाह गर्दैछिन । उनका प्रेमी शरद भने फेसन डिजाइनर हुन् ।

प्रतिक्रिया दिनुहोस्