‘बिहानीको मिरमिरेमा’ सुधिर र उषा ~ भिडियो ~



रंगखबर, काठमाडौँ – गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत ‘बिहानीको मिरमिरेमा’ सार्वजनिक गरिएको छ ।

रोमान्टिक शैलीको गीतमा दीपक शर्माको संगीत र ज्ञानेश्वर तिवारीको शब्द रचना रहेको छ ।

अम्बिका अधिकारीले निर्माण गरेको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् ।

रामजी लामिछानेको कोरियोग्राफी तथा निर्देशन रहेको म्युजिक भिडियोमा मानकृष्ण महर्जनको छायांकन, मिलन श्रेष्ठ/शाहील खानको सम्पादन र आशुतोष अधिकारीको सहायक निर्देशन छ ।

अमेरिकामा रहेर पनि नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्ने उद्येश्यका साथ दर्शक माँझ यो म्युजिक भिडियो ल्याएको निर्मात्री अम्बिका अधिकारीले बताइन ।

प्रतिक्रिया दिनुहोस्