ड्रग्स पार्टी केसमा शाहरुख खानका छोरा पक्राउ



रंगखबर, काठमाडौँ – बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान ड्रग्स पार्टीको केसमा समातिएका छन् । नारकोट‍िक्स कंट्रोल ब्यूरो ‘एनसीबि’ले मुम्बईबाट गोवा तर्फ गैरहेको क्रुज शिपबाट आर्यनसँगै दुई जना साथिलाई पक्राउ गरेको हो ।

एनसीबिले छापा मारेको उक्त क्रुजमा १८ सय जनाले यात्रा गरिरहेका थिए । जसमध्ये ८ जनालाई ड्रग्स पार्टी केसमा सोधपुछ गरिएको थियो । त्यसपछि आर्यनसहित उनका तीन जना साथिलाई एनसीबिले पक्राउ गरेको हो ।

सोधपुछमा आर्यनले आफु त्यस पार्टीमा एउटा पाहुनाको हिसावले पुगेको बताएका छन् । उनले पार्टीमा सामेल हुन् पैसा नदिएको पनि बताए । उनको दावी छ, ‘आयोजकहरुले आफ्नो नाम बेचेर पार्टीमा थुप्रै मान्छे बोलाएका थिए ।’

केस जाँचको लागि एनसीबिले आर्यनको मोबाइल जफत गरेको छ । क्रुजमा ड्रग्स पार्टी चलिरहेको सुइँको पाएपछि एनसीबिका अधिकारीहरुले भेष बदलेर क्रुजमा छापा मारेका थिए ।

प्रतिक्रिया दिनुहोस्