‘नीलकण्ठ’ भजनमा हरिहरको भक्ति ~ भिडियो ~



रंगखबर, काठमाडौँ – युवा ज्योतिष हरिहर अधिकारी अभिनित ‘जय जय नीलकण्ठ’ भजन सार्वजनिक गरिएको छ । भजनमा हरिहरसँगै नीता ढुंगानाको छोटो प्रस्तुति छ ।

भिडियोमा हरिहर महादेव भक्त रुपमा देखिएका छन् । यो भजन पोखरामा नवनिर्मित महादेव मुर्तिको प्रांगणमा छायांकन गरिएको हो ।

हरिहर कै शब्द तथा कन्सेप्टमा तयार भजनमा विशाल निरौलाको संगीत छ । नीता ढुंगानाले निर्देशन गरेको भजन भिडियोमा रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् ।

संजय लामाले खिचेको भजनमा बनिष शाहको सम्पादन रहेको छ । सावित्रा अधिकारीले यो भजनको निर्माण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्