५ महिनापछि खुले हल, दुई अंग्रेजी फिल्म प्रदर्शनमा



रंगखबर, काठमाडौँ – कोरोना महामारीको दोस्रो लहरको कारण बैशाख १६ गतेदेखि बन्द रहेका सिनेमा हल विहिबारबाट खुलेका छन् ।

यसअघि नेपाल चलचित्र संघले असोज २१ देखि देशभरका हल खोल्ने निर्णय गरेको थियो । त्यसै अनुरुप राजधानीसहित देशभरका मल्टीप्लेक्स र सिंगल स्क्रिन झन्डै ५ महिनापछि खुलेका हुन् ।

हल खुलेसँगै अंग्रेजी फिल्म ‘फास्ट एण्ड फ्युरियस ९’ र ‘नोबडी’ प्रदर्शनमा आएका छन् । दुवै फिल्मलाई मल्टीप्लेक्सले राम्रै शोज उपलब्ध गराएका छन् ।

यी दुवै फिल्म अंग्रेजीसहित हिन्दी भाषामा पनि रिलिज भएका हुन् । दुवै फिल्मको अकुपेन्सी एभरेज भन्दा कमको रहेको छ ।

हलमा नेपाली फिल्म भने फूलपातीबाट मात्र प्रदर्शनमा आउने छन । फूलपातीमा सोभित बस्नेत निर्देशित फिल्म ‘डाँडाको वरपीपल’ रिलिज हुँदैछ ।

‘डाँडाको वरपीपल’ महामारीको दोस्रो लहरपछि रिलिज हुन् लागेको पहिलो नेपाली फिल्म हो ।

प्रतिक्रिया दिनुहोस्