करिश्मालाई ‘ओ मेरी भाउजु’ भन्दै चक्र बम ~ भिडियो ~



नेपाली चलचित्रकी सदाबहार अभिनेत्री करिश्मा मानन्धर र सुदुरपश्चिमी गीतहरुका गायक/मोडल चक्र बमको अभिनय रहेको ‘‌ओ मेरी भाउजु’ बोलको गीत चक्र बम युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

चक्र बम र लक्ष्मी आचार्यको स्वर रहेको गीतमा शब्द र संगीत पनि चक्र बम कै रहेको छ । गीतको एरेन्जमेन्ट कृष्ण विकले गरेका छन् ।

‘‌ओ मेरी भाउजु’ बोलको गीतको भिडियोमा महानायाक राजेश हमालको आवाजबाट शुरु हुन्छ,आफु काम बिशेषले जान नपाएपछि,आफ्ना भाईलाई भाउजुको माईति पुर्याउने काम बाट शुरु हुन्छ । अभिनेत्री करिश्मा मानन्धर चक्र बमकी भाउजुको भूमिकामा देखिएकी छिन् ।भने करिश्मा मानन्धरकि बहिनि को भूमिकामा करिश्मा ढकाल रहेकी छिन र देवरको भूमिकामा चक्र बम देखिएका छन् । गीतको भिडियोमा जेरी भण्डारीको पनी अभिनय देख्न सकिन्छ।

अनिल के मानन्धरको छायाङ्कन रहेको गीतको भिडियोमा मौसम हिमालीले कोरियोग्राफी र निर्देशन रहेको छ। गीतको भिडियो सम्पादन प्रबिन भट्टले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्