पाँच महिनापछि हलमा नेपाली फिल्म



रंगखबर, काठमाडौँ – आज फूलपातीको दिनदेखि फिल्म ‘डाँडाको वरपीपल’ सार्वजनिक प्रदर्शनमा आएको छ । सोभित बस्नेत निर्देशित फिल्म देशैभरका हलबाट प्रदर्शनमा आएको हो ।

‘डाँडाको वरपीपल’ यस वर्षको हलमा रिलिज हुने पहिलो नेपाली फिल्म हो । कोरोनाको दोस्रो लहरका कारण झन्डै ५ महिना हल बन्द भएका थिए ।

नवराज गिरीको कथा रहेको फिल्ममा शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, प्रभात पललगायतका कलाकारहरुको अभिनय छ ।

नवराज गिरीको निर्माण रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व र मित्रदेव गुरुङको सम्पादन छ ।

कोरोना महामारीको दोस्रो लहरपछि रिलिज हुन लागेको पहिलो फिल्म भएकाले ‘डाँडाको वरपीपल’ले उद्योग चलायमान बनाउनेमा निर्देशक बस्नेत आशावादी देखिएका छन् ।

‘यो समयमा कसैले पनि फिल्म रिलिज गर्ने आँट देखाउनु भएन । तर, मैले यो क्षेत्र चलायमान बनाउनका निम्ति जोखिम मोलेरै फिल्म रिलिज गर्दैछु । आशा छ दर्शकको यो दशैँ खल्लो हुने छैन ।’ निर्देशक बस्नेतले भने ।

फिल्मको सोमबार राजधानीमा प्रिमियर पनि आयोजना गरिएको थियो । प्रिमियरमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ ।

प्रतिक्रिया दिनुहोस्