चिरन्जीवी र गरिमाको ‘निष्ठुरी परदेशी’ ~ भिडियो ~



गायिका अपेक्षा गिरीको नया गीत ‘निष्ठुरी प्रदेशी’ को भिडियो सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतको शब्द गायिका अपेक्षा गिरीले नै लेखेकी हुन् । गीतमा एरेन्ज पुरुशितम सुबेदीको रहेको छ ।

निकै मार्मिक गीत ‘निष्ठुरी प्रदेशी’को भिडियोमा चिरन्जिबी सापकोटा (जीबि चिरन) र गरिमा शर्मा अभिनय रहेको छ । भारतीय सेनामा गएका आफ्नो श्रीमानको घर आउने बाटो हेरेर बसेकी श्रीमतीको कथामा निकै उत्कृष्ट भिडियो निर्माण गरिएको छ । घर आउने श्रीमानको बाटो हेरेर बसेकी श्रीमतीले श्रीमानको लाश आउदाको पिडा भिडियो मार्फत प्रस्तुत गरिएको छ ।

गीतको भिडियोलाई सिर्जन बराल ( ऋषि ) निर्देशन गरेका हुन् । अपेक्षा गिरीको अफिसियल यूट्यूवबाट सार्वजनिक गीतको भिडियोमा शिवसरण न्यौपानेको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ ।

मोफसलमा बसेर गीत संगीतमा राम्रै चर्चा कमाउन सफल गायिका अपेक्षा गिरीको यस अघि सुनिल गिरिसग ‘सोल्टिनी’ र टंक तिमिल्सिना ‘माया नमार्नु नि है’ जस्ता सफल गीत सार्वजनिक भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्