बैशाखमा स्वस्तिमाको ‘चिसो मान्छे’



अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता अर्पण थापाको मुख्य अभिनय रहेको तथा निर्देशक दीपेन्द्र के. खनालद्वारा निर्देशित चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति घोषणा गरिएको छ ।


चलचित्र २०७९ सालको वैशाख ३० गतेदेखि प्रदर्शन हुने जानकारी निर्देशक खनालले सामाजिक संजाल मार्फत गराएका छन् ।

चलचित्रमा ‘आमा’ निर्मात्री शर्मिला पाण्डेको लगानी रहेको छ भने । चलचित्रको छायांकन, लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका छन् ।

चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भुमिका रहेको छ | भने स्वस्तिमा र अर्पणका साथमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारहरु अभिनय रहेको छ ।

चलचित्र ‘चिसो मान्छे ‘को छायाँकन काठमाडौं र सुदूरपश्चिमको बाजुरामा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्