मल्टीप्लेक्समा ‘स्पाइडर म्यान’को दबदवा, उच्च शो र आक्रामक बुकिङ



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि रिलिज हुने हलिउड फिल्म ‘स्पाइडर म्यान: नो वे होम’लाई नेपाली बक्सअफिसमा उच्च शो प्राप्त भएको छ ।

तिहारमा रिलिज ‘सूर्यवंशी’पछि मल्टीप्लेक्समा सर्वाधिक शो ‘स्पाइडर म्यान’ले पाएको हो । शो मात्र होइन फिल्मको बुकिङ पनि उच्च देखिएको छ । फिल्मको हाइपलाई मध्येनजर गर्दै देशभरका मल्टीप्लेक्समा पाँच दिन अगाडी नै बुकिङ खुल्ला गरिएको थियो ।

देशकै ठुलो मल्टीप्लेक्स चेन ‘क्युएफएक्स’ले आफ्ना १० ओटा स्टेशनमा ५७ शोज दिएको छ । यस्तै एफक्युब र बिग मुभिजले समान १०/१० शो उपलब्ध गराएका छन् ।

आइएनआइ सिनेमाजले आफ्नो दुई स्टेशनमा ८ शो दिएको छ । भने सिडिसी, वान सिनेमाज, बिएसआरले समान ६/६ शो दिएका छन् । क्युजले ७ शो उपलब्ध गराउदा किर्तिपुर सिनेप्लेक्सले २ शो दिएको छ ।

अग्रिम बुकिङ हेर्दा ‘स्पाइडर म्यान’ले मल्टीप्लेक्समा वर्ष कै ठुलो ओपनिङ गर्ने छनक देखाएको छ । फिल्मलाई प्राप्त ५० प्रतिशत भन्दा बढी शो मंगलबार नै हाउसफुलको रेसमा छन् ।

साउथ इण्डियन फिल्म ‘पुष्पा’ले भने मध्यम शो पाएको छ । भने, बुकिङ पनि ठिकठाक छ ।

प्रतिक्रिया दिनुहोस्