‘कबड्डी’ सिरिजको तेस्रो भाग युट्युबमा रिलिज



रंगखबर, काठमाडौँ – दुई वर्ष अगाडी प्रदर्शनमा आएको ब्लकबस्टर फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ युट्युबमा सार्वजनिक भएको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्म ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । समिक्षकबाट मिस्रित प्रतिक्रिया पाएको फिल्मले बक्सअफिसमा भने बम्पर व्यापार गरेको थियो ।

फिल्ममा दयाहाङ राई, कर्मा, विल्सनविक्रम राई, उपासना सिंह ठकुरी, रिश्मा गुरुङ, बुद्दि तामाङ, विजय बराललगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको लागि ‘कबड्डी’ सिरिज विशेष छ । यसका तीन ओटै शृंखला बक्सअफिसमा सफल भएका छन् ।

यस्तो चौंथो शृंखला अर्थात अन्तिम भाग ‘कबड्डी ४’ अहिले पोस्ट प्रोडक्सनमा छ । केहि समय अगाडी मात्रै यसको छायांकन मुस्ताङमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्