‘कबड्डी ४’ टिजर: दयाहाङ र मिरुनाको प्रेममा सौगात भिलेन ?



रंगखबर, काठमाडौँ – ब्लकबस्टर सिरिज ‘कबड्डी’को अन्तिम खेल ‘कबड्डी ४’को टिजर र प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।

सोल्टिनीहरुको धोकाले विरक्तिएका ‘काजी’ दयाहाङ राई अबदेखि आफ्नो विहेको कुरा नगर्न साथिहरुलाई आग्रह गर्छन । तब ३ मिनेट लामो टिजरमा ‘मिस शान्ति’ मिरुना मगरको इन्ट्री हुन्छ । उनीहरुको नजिकपना बढ्दै जान्छ ।

‘बमकाजी’ सौगात मल्लको इन्ट्रीले ‘काजी’ र ‘मिस शान्ति’को प्रेममा के कस्तो उतारचढाव ल्याउला ? टिजरले कौतुहलता छोडेको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्मले मुस्ताङको कथा पुन: पर्दामा ल्याउदैछ । कालीगण्डकीको किनारमा अब के काजीको विहेको साइत जुर्ला त ? त्यसको लागि बैशाख २३ गतेसम्म पर्खिनु पर्ने हुन्छ ।

रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको फिल्ममा दयाहाङ, सौगात र मिरुनासँगै गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुस्कर गुरुङ, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङलगायतका कलाकारहरुको अभिनय छ ।

विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा/एसडी योगी/अनुपम शर्माको संगीत, शैलेन्द्रध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्