प्रियंका र दीपिकाको ‘हेल्लो जिन्दगी’ चैतमा



रंगखबर, काठमाडौँ – एभरेष्ट सुर्य बोहरा निर्देशित फिल्म ‘हेल्लो जिन्दगी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिकसँगै निर्माण पक्षले फिल्मको रिलिज डेट पनि तय गरेको छ ।

यो फिल्म चैत ११ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने निर्देशक बोहराले जानकारी गराएका छन् ।

सत्य घटनामा आधारित भनिएको फिल्ममा प्रियंका कार्की, दीपिका प्रसाईं, विक्रम डि जोशी, विल्सनविक्रम राई, विक्रान्त बस्नेत, ध्रुव दत्त, एभरेष्ट सुर्य बोहरालगायतका कलाकारहरुको अभिनय छ ।

वीरञ्जना इन्टरटेन्मेन्टद्वारा प्रस्तुत फिल्ममा हिराल जोशी र विक्रम डि जोशीको लगानी छ । फिल्मको पटकथा र संवाद निर्देशक बोहरा र अभिमन्यू निरवीले लेखेका हुन् ।

राजनराज सिवाकोटी र एलिस कार्कीको संगीत रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन र मित्र डी गुरुङको सम्पादन छ ।

निर्देशक बोहरा निर्देशित पछिल्लो फिल्म ‘श्री’ यतिबेला युट्युबमा सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्