‘कठपुतली’ दोस्रो ट्रेलर: सुनसान दरबारमा मृत्युसँग लड्दै युवराज



रंगखबर, काठमाडौँ – आउँदो शुक्रबारदेखि देशव्यापी रुपमा रिलिज हुन् लागेको फिल्म ‘कठपुतली’को दोस्रो ट्रेलर रिलिज गरिएको छ ।

२ मिनेट लामो ट्रेलरमा दरबार भित्र एक युवराजले भोग्नु परेको भुतप्रेतसँगको संघर्ष देखाइएको छ । ट्रेलर मुख्य कलाकार कर्माको वरिपरि घुम्छ ।

भीमसेन लामाले निर्देशन गरेको हरर फिल्मको लेखन सम्पदा बानियाँले गरेकी हुन् । उनि फिल्मको कार्यकारी निर्मात्रीसमेत हुन् ।

फिल्ममा कर्मासँगै उषा रजक, मिथिला शर्मा, गौरी मल्ल, शिल्पा मास्के, ध्रुव कोइराला, लोकमणि सापकोटा, सुवर्ण थापालगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्