चिसो एस्ट्रे टिजर: सहरिया बन्न खोज्दा अस्तित्व गुमाउने ठिटोको कथा



रंगखबर, काठमाडौँ – दिन्श पाल्पालीले निर्देशन गरेको फिल्म ‘चिसो एस्ट्रे’को टिजर सार्वजनिक गरिएको छ । १ मिनेट ४० सेकेण्ड लामो टिजरमा पात्र र कथासार चिनाइएको छ ।

काठमाडौँ सहरलाई ‘चिसो एस्ट्रे’को रुपमा विम्बित गर्दै निर्माण गरिएको फिल्मले आधुनिक बन्न खोज्दा आफ्नो अस्तित्व हराउन पुगेको एक गाउँले ठिटोको कथा भन्छ ।

कवि भूपी शेरचनले धेरै अगाडी काठमाडौँ सहरलाई ‘चिसो एस्ट्रे’ विम्बको रुपमा प्रस्तुत गरेका थिए । आफुपनि त्यहि विम्बबाट प्रभावित भएर ‘चिसो एस्ट्रे’ निर्देशन गरेको निर्देशक पाल्पालीले जानकारी दिए ।

फिल्ममा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ ।

निर्देशक पाल्पालीले यसभन्दा अगाडी ‘बालकृष्ण सम: अनटोल्ड स्टोरी’ निर्देशन गरेका थिए । उक्त फिल्मले केहि अन्तर्राष्ट्रिय फेस्टिभलमा अवार्ड जित्न सफल भएको थियो ।

चैत ४ गते रिलिज हुने फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । फिल्ममा प्रविन स्याङ्बा र सुस्मिता पराजुलीको सहलगानी छ ।

उज्जल बस्ताकोटीले खिचेको फिल्ममा अजर जंगमको संगीत, निर्देशक पाल्पालीको लेखन र उज्जवल ढकालको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्