‘हामी तीन भाई’मा अस्मिताको आवाज



रंगखबर, काठमाडौँ – कोरोना महामारीको समयमा घोषणा गरिएको फिल्म ‘हामी तीन भाई’को लागि गायिका अस्मिता अधिकारीले आवाज दिएकी छन् ।

‘झम्के फुली’ बोलको गीतमा अस्मितालाई सोहि गीतका संगीतकार साप शक्तिले स्वरमा साथ दिएका छन् । ए प्लस स्टुडियोमा रेकर्ड गरिएको गीतमा सुलभमणि सापकोटाको शब्द र महाराज थापाको एरेञ्ज छ ।

मधुसुदन भट्टराईको निर्देशनमा बन्ने फिल्ममा सलोन बस्नेत, जाहन्वी बस्नेत, शिशिर राणा, विकाश चापागाईं, दीक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी, टेकेन्द्र न्यौपानेलगायतका कलाकारहरु छनोट भैसकेका छन् ।

पारिवारिक प्रेमकथामा आधारित रहने फिल्मका केहि मुख्य कलाकारहरु भने छनोट हुने क्रममा छन् ।

प्रसिद्धि सिने आर्टको व्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता साजित महत हुन् ।

शिव ढकालले खिच्ने फिल्ममा हिमाल केसीको द्वन्द्व, कमल राईको कोरियोग्राफी, मनिष गौतम र रिवाज दाहालको लेखन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्