‘मुन्द्रेको कमेडी क्लब’को ठाउँमा ‘कमेडी क्लब विथ च्याम्पियन्स’



रंगखबर, काठमाडौँ – माघ दोस्रो सातादेखि नेपाल टेलिभिजनमा ‘कमेडी क्लब विथ च्याम्पियन्स’ प्रशारण हुने भएको छ ।

बुधबार राजधानीमा प्रेसमिट आयोजना गर्दै निर्माण कम्पनि कि इन्टरटेनमेन्ट र थ्री प्रोडक्सनले शोको बारेमा जानकारी दिए । कि इन्टरटेनमेन्टले यसअघि ‘मुन्द्रेको कमेडी क्लब’ उत्पादन र प्रशारण गर्दै आएको थियो ।

‘मुन्द्रेको कमेडी क्लब’ प्रशारण हुने समय सोमबार ८.५० बजे ‘कमेडी क्लब विथ च्याम्पियन्स’ प्रशारण हुनेछ । साथै, ‘मुन्द्रेको कमेडी क्लब’को मेरुदण्ड कलाकार उमेश राई (फुलन्देकी आमा) पनि ‘कमेडी क्लब विथ च्याम्पियन्स’मा आवद्ध भएका छन् ।

उमेशसँगै शोमा ‘कमेडी च्याम्पियन’का प्रतिस्पर्धीहरु पवन भट्टराई, मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, सुमन कार्की र कैलाश कार्कीले कमेडी प्रस्तुत गर्नेछन् ।

विशाल भण्डारीले यो शोको निर्देशन गर्नेछन् । शोमा ७ जना कमेडियनले विभिन्न विषयमा आधारित रहेर दर्शक हँसाउने प्रयत्न गर्नेछन् ।

निर्माण कम्पनिले ‘कमेडी क्लब विथ च्याम्पियन्स’ले नेपाली हाँस्य जगतलाई शिखरमा पुर्याउने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्