हरर थ्रिलर फिल्म ‘पर्पला’को फस्टलुक सार्वजनिक



रंगखबर, काठमाडौँ – ‘ऋतु’ फेम्ड निर्देशक मनोज अधिकारीले निर्देशन गरेको नयाँ फिल्म ‘पर्पला’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

हरर थ्रिलर जनरामा निर्मित फिल्मको पोस्टरमा मुख्य कलाकार निखिला बुढाथोकी फिचर्ड छिन ।

निर्देशक अधिकारीको लेखन रहेको फिल्ममा निखिलाका अलावा पुकार गौतम, ओल्गा तमरा, रोजी पन्त, प्रेक्क्षा अधिकारी, योगेश घिमिरेलगायतका कलाकारहरुको अभिनय छ ।

भानु प्रताप ढकाल प्रस्तुतकर्ता रहेको फिल्मले अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुको जीवनमा घटेका घटनाक्रमलाई समेटेको छ । भानुले पछिल्लो पटक फिल्म ‘लाल्टिन’ निर्माण गरेका थिए । तर, राम्रो हाइपका वावजुत उक्त फिल्म बक्सअफिसमा असफल सावित भएको थियो ।

‘पर्पला’को सम्पूर्ण छायांकनमा अस्ट्रेलियामा भएको हो । फिल्ममा हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीले काम गरेका छन् ।

अस्ट्रेलियन छायांकार कास्मिर डिक्सनले खिचेको फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ ।

रविन्द्र कुमार शर्मा, डम्बर बहादुर रसाइली, छवि अधिकारी र सरोजकुमार वाइवा निर्माता रहेको फिल्ममा सरस्वती गौतम, शृजना ल्वागुन, भिमराज रसाइली र वचनकुमार मल्लको सह-लगानी छ ।

प्रतिक्रिया दिनुहोस्