‘परस्त्री’बाट निर्देशनमा डेब्यु गर्दै सुरज पाण्डे



रंगखबर, काठमाडौँ – २०७४ सालको फिल्म ‘लभ लभ लभ’बाट अभिनेताको रुपमा डेब्यु गरेका सुरज पाण्डे अब निर्देशक बन्ने भएका छन् ।

शुक्रबार राजधानीमा एक प्रेसमिटका बीच उनी आफुले निर्देशन गर्ने पहिलो फिल्मको बारेमा जानकारी दिए ।

सुरजले निर्देशक दीपेन्द्र के खनालको पटकथामा फिल्म ‘परस्त्री’ निर्देशन गर्ने छन् । मुख्य कलाकारमा गायक कोसिस क्षेत्री फाइनल भएका छन् । अडिसन मार्फत १/१ जना अभिनेता(२२-२७ वर्ष), अभिनेत्री (२२-३० वर्ष) र सहअभिनेत्री (२०-२५ वर्ष) छानिने छन् । निर्माण कम्पनि डीएस डिजिटलले अडिसन आव्हान पनि गरेको छ ।

सामाजिक कथाबस्तुमा निर्माण हुने फिल्म कोरोना परिस्थिति सुधार भएमा फागुन तेस्रो सातादेखि  फ्लोरमा जाने बताइएको छ ।

नेपालीसँगै हिन्दि भाषामा पनि निर्माण गरिने फिल्ममा शर्मिला पाण्डेले लगानी गर्ने छिन । ‘लभ लभ लभ’देखि फिल्ममा लगानी गर्न सुरु गरेकी शर्मिलाले ‘घर’, ‘चंगा चेट’, ‘आमा’, ‘चिसो मान्छे’ निर्माण गरिसकेकी छन् ।

यदि कोरोना कायम नरहे ‘चिसो मान्छे’ आगामी वर्ष बैशाख ३० मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्