‘चिसो एस्ट्रे’को ‘ड्रिम पाइरेसी’ गीत रिलिज



रंगखबर, काठमाडौँ – दिन्श पाल्पाली निर्देशित फिल्म ‘चिसो एस्ट्रे’को गीत सार्वजनिक गरिएको छ । ‘ड्रिम पाइरेसी’ बोलको गीतमा अजर जंगमको संगीत र स्वर छ ।

निर्देशक दिन्श पाल्पालीले गीतको लागि शब्द कोरेका छन् । लिरिकल भिडियोले सपनालाई पछ्याउने युवाहरुको संघर्ष र बिन्दास मूडको भाव व्यक्त गर्छ ।

चैत ४ गते रिलिज हुने फिल्ममा दिव्य देव, निकुन श्रेष्ठ, नविन लम्साल, सृष्टि श्रेष्ठ, सुसिलराज पाण्डे, रोबिन तामाङलगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । फिल्ममा प्रविन स्याङ्बा र सुस्मिता पराजुलीको सहलगानी छ ।

उज्जल बस्ताकोटीले खिचेको फिल्ममा अजर जंगमको संगीत, निर्देशक पाल्पालीको लेखन र उज्जवल ढकालको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्